काठमाडौं, ३ भदौ (ओएनएस) : अरनिको राजमार्ग सडकखण्ड अन्तर्गत भक्तपुरको सल्लाघारीमा विहान भएको दुर्घटनामा एक जना महिलाको ज्यान गएको छ ।
काभ्रेको बनेपाबाट काठमाडौंका लागि छुटेको बा १ ख ९२८१ नम्बरको बसले रोकीराखेको बा ५७ प ७७७९ नम्बरको स्कूटरलाई ठक्कर दिँदा स्कूटरमा सवार झापा घर भई अहिले कौशल्टार बस्ने विन्दू राईको घट्नास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।
बस चालकको लापरवाहीले दुर्घटना भएको भन्दै आक्रोसित स्थानीय बासिन्दाले बस तोडफोड गरि आगो लगाईदिएपछि केहीबेर यातायात अवरुद्ध भएको थियो । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले लाठी चार्ज समेत गरेको थियो । प्रहरीले शव उठाएर लगेपछि अहिले गाडीको आवतजावत सामान्य बनेको छ ।