कावासोती, २७ असार (ओएनएस) पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको डण्डामा शुक्रवार बिहान एम्बुलेन्स दुर्घटना हुँदा आठ जना घाइते भएका छन् ।
कपिलवस्तुबाट भरतपुरका लागि हिँडेको ना२ख २४६ नम्बरको एम्बुलेन्स तीव्र गतिका कारण दुर्घटना हुँदा कपिलवस्तु कजरहवा–४ का चार वर्षीय मोहमद असिफ, ३६ वर्षीय भैवु आलाम, शशिसलाम मुसलमान, सुन्द्रास हुसेन, हडलर निसाद, कितामुनि निसालगायत घाइते भएका हुन् । घाइतेहरुको चितवनको भरतपुरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय कावासोतीका डिएसपी वामदेव गौतमले जानकारी दिए ।