चन्द्रकान्त खनाल
रुपन्देही १७ असार (ओएनएस) : सिकारु ब्यक्तिले चलाएको विद्युतीय रिक्सा आज बुटबलमा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ३ जना गम्भीर घाईते भएका छन ।
ईलाका प्रहरी कार्यलय बुटवलका अनुसार सिद्धबाबा मन्दीर पूजा गर्न जादैगरेको बिद्युत्तिय रिक्सा दुर्घटना हुदा बुटवल ६ लक्ष्मी नगरका ६५ बर्षिय हिरा ज्ञवाली , सोही स्थानमा ३६ बषका पिताम्बर ज्ञवाली , र आन्दाजी ४० – ४२ बर्षकी एक महिलाको मृत्यु भएको छ ।
घटनामा ३ जना गम्भीर घाईते भएको प्रहरीले जनाएको छ । घाईते हरुको लुम्बिनी अञ्चल अस्पताल बुटबलमा उपचार भएको छ भने गभ्भिीर रहेकी ६ बषिय सुमन ज्ञवलीलाई भरतपुर रिफर गरेको जनाएको छ ।
घाईते भएकी बुटवल १३ देबिनगरकी ३३ वर्षिय भगबति रायमाझि , मुना ग्रहा मगरको बुटवलमै उपचार भईरहको छ ।
बुटवलमा बिद्युतिय रिक्सा दर्ता गरेर सचालन नगरेपनि उक्त रिक्सा मन्दीरमा पुजा गर्नको लागी भन्दै सिकारु ब्यतिले चालएका थिए बुटबलमा केहि दिन अघिमात्र रिक्सा आएको थियो प्रकृया गतरुपमा अहिले सम्म दर्ता भने भएको छैन ।