बस दुर्घटनाका मृतकको नगद र गरगहना बेपत्ता

246
  •  
  •  
  •  

काठमाडौं ५ बैशाख ।
खोटाङको बर्खेटारमा भएको बस दुर्घटनामा ज्यान गुमाउने तथा घाइतेका आफन्तले मृतकको साथमा रहेको नगद, गहना र सामान नपाएको भन्दै आक्रोश पोखेका छन् ।
महादेवस्थान-१ स्थित बर्खेटारमा २४ जनाको ज्यान जाने गरी मङ्गलबार भएको बस दुर्घटनाका मृतकले लगाएको सुनको औँठी, सिक्रीलगायत यात्राका क्रममा बोकिएको नगद नपाएको भन्दै मृतकका आफन्तले आक्रोश पोखेका छन् ।

दिक्तेलबाट काठमाडौँ हिँडेको बा२ख ६३७६ नंको बस दुर्घटनामा ३१ जना घाइते भएका छन् । दुर्घटनाका मृतक र घाइतेले लगाएको गहना तथा बोकेको नगद फेला नपरेको मृतकका आफन्तले बताएका छन् ।

दुर्घटनामा परी ज्यान गुमाएकी निर्मलीडाँडा गाविस-३ की ३३ वर्षीया विमला राईको साथमा रहेको नगद तथा गहना फेला नपरेको मृतकका भाइ मिलन राईले बताए । उनीजस्तै अन्य आफन्तले पनि यस्तै गुनासो गरेका छन् ।

दुर्घटना भएकै अघिल्लो दिनमात्र तलब बुझेर खोटाङको जालपाबाट हिँडेका २० जना कामदारका आफन्तले समेत कुनै रकम फेला पारेका छैनन् ।

उनीहरुमध्ये कतिपयको मृत्यु भएको छ भने कतिपय घाइते छन् । उनीहरुको साथमा भएको आठ लाख बढी नगद तथा सामानसमेत आफन्तले पाएका छैनन् ।

त्यसोत यात्राका क्रममा मृतक र घाइतेले बोकेको झोलासमेत आफन्तले पाएका छेनन् । तनवटा झोलासहित सरसामान बोकेर यात्रा गरेका घाइते तथा मृतकका परिवारले एउटा पनि झोला नपाएको दुखेसो पोखेका छन् ।
अन्नपूर्णपोष्टबाट


  •  
  •  
  •