जिपको ठक्करबाट तीन जनाको मृत्य

383
  •  
  •  
  •  

मोरङ ३ बैशाख (ओएनएस) :
मोरङमा जिपको ठक्करबाट तीन जनाको मृत्यु भएको छ । मोरङको मधुमल्लाबाट भाmपाको उर्लाबारीतर्फ गुडिरहेका बा १३ च ३१५८ नम्बरको बलेरो जिपले स्कुटरलाई ठक्कर दिदा ३ जनाको मृत्यु भएको हो । गएराति विपरीत दिशातर्फ जाँदै गरेको मे ३ प ४९४१ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक मोरङ टाँडी–८ का २० बर्षका सङ्गीत लिम्बूको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्कुटरमा सवार टाँडी–८ कै १९ बर्षका मिलन राईको उपचारका लागि विराटनगर लैजाने क्रममा र झापा शरणामतीका २१ ब्र्षका सनम रणपहेलीको न्युरो अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक राजकुमार राईले जानकारी दिनुभयो ।

ठक्कर दिने बलेरो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको राईले बताए। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


  •  
  •  
  •