एम्बुलेन्स दुर्घटना ३ जनाको मृत्यु

252
  •  
  •  
  •  

इलाम १३ पुस (ओएनएस) :
बिरामी लिएर उपचारका लागि गइरहेको एम्बुलेन्स दुर्घटना भएपछि विरामीसहित तीन जनाको मृत्यु भएको छ । झापाबाट पाँचथरतर्फ गइरहेको एम्बुलेन्स बिहान करिब साढे चार बजे इलामको गोदकमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा दुईजना गम्भीर घाइते भएका छन् । दुर्घटनामा पाँचथर फिदिम निवासी आनन्द अधिकारी, रेनुका अधिकारी र नरीमाया चौहानको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

मे १ च १७४७ नंको जनमैत्री सेवा संस्था, पाँचथरको एम्बुलेन्स मेची राजमार्गअन्तर्गत गोदक–४ मा दुर्घटना भएर सडकभन्दा ५ सय मिटर तल खसेको थियो ।


  •  
  •  
  •