रोकिएको बसमा ठक्कर दिँदा तीन जनाको मृत्यु

119
  •  
  •  
  •  

बुटवल, ६ फागुन (ओएनएस) : रुपन्देहीको बुटवलमा गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । रोकिराखेको बसलाई पछाडिबाट आएको जीपले ठक्कर दिँदा जीपमा रहेका तीन जनाकोमृत्यु भएको छ । गएराति भएको दुर्घटनामा अन्य २० जना घाइते भएका छन् ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको बुटवल–१५ ढवाहामा लु १ ख ४१९५ नम्बरको रोकिराखेको बसलाई पछाडीबाट आएको बा १३ च ३०६३ जीपले ठक्कर दिँदा दुई जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरी कार्यालय बुटवलले जनाएको छ । घाइतेको लुम्बिनी अञ्चल अस्पतालमा उपचार भइरहेको छ । तीव्र गतिमा स्कोरपियो कुदाएका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ । स्कोरपियो अथवा जीप तीव्र गतिमा कुदाएका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।


  •  
  •  
  •