बस दुर्घटना, ६ जनाको मृत्यु

259
  •  
  •  
  •  

बुटवल १९ पुस  (ओएनएस) : रुपन्देहीको देवदहमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको देवदहमा गएराति भएको रात्री बस दुर्घटनामा ६ जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार नारायणघाटबाट नेपालगन्जका लागि छुटेको ना ४ ख ६८४१ नम्बरको बस रुपन्देहीको देवदेह नगरपालिका १० घोडाहा जंगलमा अनियन्त्रित भएर पल्टिएर दुर्घटना भएको हो ।

दुर्घटनामा १६ जना घाइते भएका छन् ती मध्ये घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर छ ।

मृत्यु मध्ये बर्दिया तारातालका २२ वर्षिय कुशल शर्मा, कञ्चनपुर भिमदत्त नगरपालिका ५ का ३५ वर्षिय प्रकाश शाही, रुपन्देही देवदेहकी ३५ वर्षिया शान्ति दर्जी र बाराका ३२ वर्षिय चुरक शाहको सनाखत भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । अरुको सनाखत भइसकेको छैन ।


  •  
  •  
  •