ट्रकले ठक्कर दिदा मोटरसाइकलमा रहेका ४ जनाको मृत्यु

149
  •  
  •  
  •  

रौतहट २४ कात्तिक (ओएनएस) : रौतहटमा आज बिहानै ट्रकको ठक्करबाट मोरसाइकलमा रहेका ४ जनाको मृत्यु भएको छ । रौतहटको चन्द्रनिगाहपुरमा मिनि ट्रक र मोटरसाइकल ठोक्किँदा ४ जनाको मृत्यु भएको हो।

चारैजना मोटरसाइकलमा रहेका थिए । मृत्यु हुनेहरुमा रौतहटको औरहीयाका २३ वर्षीय विवेक सिंह, २६ वर्षीय कामोद साह, जय प्रकाश गुप्ता र सखुअवा धमौराका २६ वर्षीय रुपेश कुमार यादव छन्।

चन्द्रनिगाहपुरबाट गौरतर्फ जाँदै गरेको चार जना सवार रहेको ना३३प २०६८ मोटरसाइकल र गरुडाबाट चन्द्रनिगाहपुरतर्फ आउँदै गरेको ना५ख ९७९१ नम्बरको मिनि ट्रक चन्द्रपुर नगरपालिका-१३ बालचनपुर चोकमा आज बिहान ठोक्किएको थियो।


  •  
  •  
  •