त्रिशूलीमा ट्याक्सी खस्दा ५ जनाको मृत्यु

108
  •  
  •  
  •  

काठमाडौं । काठमाडौँबाट गोरखातर्फ जाँदै गरेको ट्याक्सी त्रिशूलीमा नदीमा खस्दा ५ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्ला गोर्खा जिल्लाको गोर्खा नगरपालिका वडा ७ बस्ने ट्याक्सी चालक अर्जुन शिर्मल, सोही ठाउँका ट्याक्सीमा सवार हरिमाया रोकाय, जुनकिरी रोकाय, अञ्जना रोकाय र बालक आगमन नगरकोटी रहेका छन्।

हराइरहेका दिवस रोकाय अहिलेसम्म फेला परेका छैनन्। प्रहरीका अनुसार उनको खोजी भइरहेको छ। काठमाडौंबाट गोरखा जाँदै गरेकाे बा २ ज ४१९६ नम्बरको ट्याक्सी आज बिहान सवा सात बजे सडकबाट करिब ८० मिटर तल त्रिशूली नदीमा खसेको थियो। दुर्घटनामा पर्नेहरु सबै गोरखा नगरपालिका ७ को स्थानीय रहेका छन्।


  •  
  •  
  •