सिन्धुली बस दुर्घटना हुँदा ५ जनाको मृत्यु, घाइतेलाई उद्धार गरिँदै

65
  •  
  •  
  •  

काठमाडौं । ओखलढुंगाबाट काठमाडौंका लागि छुटेको यात्रुबाहक बस सिन्धुलीमा दुर्घटना भएको छ । दुर्घटनामा ५ जनाको मृत्यु भएको छ।
सिन्धुलीको फिक्कल गाउँपालिका–४ कुहिभिरमा बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
दुर्घटनामा परेर ५ जनाको मृत्यु भएको छ । बा २ ख ६५९६ नम्बरको यात्रुबाहक बस भित्तामा ठोक्किएर दुर्घटना भएको हो। अहिले उद्धारको काम भइरहेको र घाइतेहरूलाई उपचारका लागि काठमाडौं पठाउने तयारी भइरहेको छ ।


  •  
  •  
  •