मन्त्री चढेको गाडीले ठक्करबाट खातुन घाईते

399
  •  
  •  
  •  

सुनसरी, ३ असार(ओएनएस) : वन तथा भू-संरक्षण मन्त्री महेश आचार्य चढेको गाडीले ठक्कर दिँदा एक व्यक्ति गम्भिर घाइते भएका छन् ।

कोशी राजमार्ग अन्तर्गत सुनसरीको दुहबीमा मन्त्री आचार्य चढेको गाडीले ठक्कर दिँदा तरकारीको व्यापार गर्ने मौरङ हातिमुडा पोठिया ९ का ७० वर्षीय सालुदन खातुन गम्भिर घाईते भएका हुन् ।

नेपाली काँग्रस क्षेत्र ३ सुनसरीले आयोजना गरेका पार्टी कार्यकर्ता भेटघाटको कार्यक्रममा आएका आचार्य कार्यक्रम सकेर विराटनगर जाने क्रममा गाडी ब्याक गर्दा गाडीको पछाडिको चक्काले खातुनको दुई वटै खुट्टा किचेको थियो । गम्भिर घाईते भएका उनलाई उपचारको लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको ईलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।


  •  
  •  
  •