रुकुमकोट जाँदै गरेका बस दुर्घटना, ५ जनाको मृत्यु

29
  •  
  •  
  •  

काठमाडौं । रुकुम पूर्वमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ। उपचारका लागि जिल्ला अस्पताल लैजाँदै गर्दा बाटोमै थप एक जनाको मृत्यु भएपछि मृतकको संख्या ६ पुगेको हो।

दुर्घटनामा घाइते भएका १२ जनालाई उद्धार गरेर अस्पताल लगिएको रुकुम पूर्वका प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रकाश डाँगीले बताए। उद्धारका लागि दुर्घटनास्थलमा हेलिकोप्टर पुगिसकेको छ। घाइतेहरूको जिल्ला अस्पताल रुकुम पूर्वमा उपचार भइरहेको छ। काठमाडौंबाट रुकुमकोट जाँदै गरेको धौलागिरी यातायात प्रालिको ग १ ख ९१०९ नम्बरको बस दुर्घटना भएको हो।

मध्यपहाडी लोकमार्ग हुँदै आएको बस रुकुम पूर्वको भूमे गाउँपालिका(३ क्याङ्सी बगर नजिक बिहीबार दुर्घटना भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेहरूको सनाखत भैसकेको छैन।


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here