भीमफेदी जुरिखेतमा बस दुर्घटना, ६ जनाको मृत्यु

36
  •  
  •  
  •  

काठमाडौं । कुलेखानी छोटो मार्गअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिकाको जुरिखेतमा यात्रुवाहक मिनि बस दुर्घटना भएको छ । दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । अहिले प्रहरीको टोली घटनास्थल पुगेर उद्धार गरिरहेको प्रहरीले जनाएको छ ।

बसमा सवार यात्रुको संख्या यकिन नभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दियो । शवको पहिचान भने खुलिनसकेको प्रहरीले जनाएको छ ।

काठमाडौंबाट हेटौंडा जाँदै गरेको बा.३ ख ७८५८ नम्बरको बस भीमफेदी गाउँपालिका ६ जुरिखेतको एघार घुम्तीको ओरालोमा दुर्घटना भएको हो । घुम्तीमा बस मोड्ने क्रममा ब्रेक नलागेपछि बस तल खसेको हुनसक्ने प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरी पुगेर घाइतेको उद्धार गरिरहेको छ ।


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here