भरतपुरकी मेयर दाहाल सवार गाडी दुर्घटना

90
  •  
  •  
  •  

काठमाडौं । चितवन भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल सवार गाडी दुर्घटनामा परेको छ । बहिनी गंगाका अनुसार ललितपुरको जावलाखेलमा दाहाल सवार गाडी टायर पन्चर भएर पोलमा ठोक्किएको थियो ।

दुर्घटनामा दाहाललाई टाउकोमा सामान्य चोट लागेको गंगाले बताइन् । उनको सुमेरु अस्पतालमा उपचार गरिएको छ ।
उनी सवार प्रदेश ३–०१–०२३ च ७३१८ नम्बर गाडीको दुर्घटनामा परेको हो । गाडी अगाडिको भागमा क्षति पुगेको छ ।


  •  
  •  
  •