
काठमाडौं । दार्चुलामा जीप दुर्घटना भएको छ । शैल्यशिखर नगरपालिका–६ ग्वानीमा बिहान साढे ९ बजे से १ ज २७७ नम्बरको जीप सडकबाट खस्दा ३ जनाको घटनास्थलमा मृत्यु भएको हो ।
जिल्ला प्रहरी दुर्घटनामा जीपका चालक ग्वानीका २३ वर्षका प्रकाशसिंह धामी, २२ वर्षका नवीन धामी र १९ वर्षका हरिसिंह धामीको घटनास्थलमा नै ज्यान गएको छ। प्रहरीको टोली घटनास्थल पुगेको छ ।
नेकपा एमालेको विजयी जुलुसमा सहभागी हुनेहरुलाई लिन जाँदै गर्दा जीप दुर्घटनामा भएको हो ।