धादिङमा बस दुर्घटना १६ भारतीयको मृत्यु

147
  •  
  •  
  •  

काठमाडौं ९ बैशाख (ओएनएस) : धादिङको नौबिसेमा बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ। धादिङ जिल्लाको नौबिसे ५ मा पशुपतिनाथ तिर्थयात्राको लागि अाएको भारतीय नम्बर प्लेटको बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको हो। बस सडकबाट करिब २ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

काठमाडौंबाट भारततर्फ जाँदै गरेको जिजे १४ एक्स ९९० नम्बरको बस बिहान साडे ७ बजेतिर दुर्घटना भएको प्रहरीले बताएको छ । घाइतेहरुलाई उपचारका  लागि काठमाडौंको नर्भिक र शिक्षण अस्पतालमा ल्याइएको छ ।

घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको छ। दुर्घटनामा  दुई दर्जनघाइते भएका छन् । नेपालको पशुपतिनाथ तिर्थयात्रामा आएका भारतीय नागरिक दुर्घटनामा परेको प्रहरीले बताएको छ ।


  •  
  •  
  •