जाजरकोट बस दुर्घटनाः मृतक पाँच जनाकै सनाखत(अपडेट)

218
  •  
  •  
  •  

तस्वीर : बामु देवकोटा

काठमाडौं । जाजरकोट भएको बस दुर्घटनामा मृतक पाँच जनाकै सनाखत भएको छ ।
नेपालगञ्जबाट रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको राडिबजारका लागि छुटेको ना ६ ख २७५७ नम्बरको बस गएराति जाजरकोट ९ कुदु बराहचौरमा दुर्घटना भएको थियो ।

दुर्घटनामा दुई महिला, दुई जना पुरुष र एक जना बालिकाले ज्यान गुमाएका जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
मृत्यु हुनेमा कुशे–९ जाजरकोटकी १८ वर्षीया अनिला नेपाली, आठबीसकोट ५ रुकुम पश्चिमकी २४ वर्षीया सन्ध्या मल्ल शाही, आठबीसकोट ४ की चार वर्षीया दिव्या शाही, नलगाड–३ करुवा जाजरकोटका २६ वर्षीय शेरबहादुर परियार र सप्तरी राजविराजका ४० वर्षीय गंगाराम यादव रहेको प्रहरीले जनाएको छ ।

बसमा ३२ जना यात्रु रहेकामा २७ जना घाइते भएका थिए । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । उनीहरुलाई थप उपचारका लागि नेपालगञ्ज पठाउने तयारी भएको र अन्यको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


  •  
  •  
  •