गैंडाकोटमा बस र ट्रक ठोक्किदा तीन जनाको मृत्यु

78
  •  
  •  
  •  

काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको गैँडाकोटमा यात्रुबाहक बस र ट्रक एक आपसमा ठक्कर खाँदा ३ जनाको मृत्यु भएको छ । काँकडाभिट्टा महेन्द्रनगर जाँदै गरेको बस दुर्घटनामा परि बसका चालक र सहचालक सहित २७ जना घाईते भएका छन् । गैँडाकोट नगरपालिका बडा नम्बर १० स्थित २३ स्मृति पुल नजिकै पूर्वबाट जादैँ गरेको सु. प्र.–०२–००१ ख ११२३ नम्बरको बस र विपरित दिशाबाट आउदैँ गरेको ना ६ ख ७१२६ नम्बरको ट्रक एकआपसमा ठक्कर खाइ दुर्घटना भएको हो ।

दुर्घटनापछि बस सडक देखि १० फिट तल खस्न खस्दा तीन जनाको मृत्यु भएको हो । थुम्सीको २३ स्मृति पुलनजिक निमार्ण हुँदै गरेको डाइभर्सनमा गाडी ठोक्किएर तल खसेको हो ।

दुर्घटनामा परी मृत्यु हुनेमा बर्दिया बाँसबारी-८ बस्ने ७० वर्षीया योगमाया सुवेदी, कञ्चनपुर बस्ने अन्दाजी ४० वर्षीय किरङ्गी तिवारी र कञ्चनपुर महेन्द्रनगर झरारी बस्ने अन्दाजी ३५ वर्षीय कृष्ण राना रहेका जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व नवलपुरका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए ।

दुर्घटनामा परी गम्भीर घाइते हुनेहरुमा जुम्ला तिला गाउँपालिका-४ बस्ने ३३ वर्षीय टोपबहादुर शाही, बर्दिया बाँसगढी-८ बस्ने ८२ वर्षीय डिल्लीराम सुवेदी र कञ्चनपुर बेलपुर-९ बस्ने ३२ वर्षीय चित्रदेव लेखक रहेको प्रहरी नायब उपरीक्षक गिरीले बताए ।

अन्य घाइते हुनेहरुमा झापा बाहुनडाँगीका १६ वर्षीय पारस ढकाल, मोरङ विराटनगर-३ बस्ने २१ वर्षीया पूजा रेग्मी, त्यही ठाउँ बस्ने २८ वर्षीय सरोज पोखरेल, कैलाली बस्ने १६ वर्षीया रोशनी अधिकारी, कञ्चनपुर महेन्द्रनगर-१ बस्ने ४९ वर्षीय मोहन कोइराला छन् । दुर्घटनामा परी जुम्ला तिला गाउँपालिका-४ बस्ने २६ वर्षीय चन्द्रनाथ योगी, बस चालक कञ्चनपुरका ४२ वर्षीय लालवीर लोहार, रूपन्देही बस्ने २८ वर्षीय सुरज अधिकारी, झापा बस्ने ३६ वर्षीय मनकुमार श्रेष्ठ घाइते भएका छन् ।

अन्य घाइतेहरूमा कञ्चनपुर झलारी बस्ने २६ वर्षीया उर्मिला तिरुवा, ट्रक चालक प्युठानका २७ वर्षीय अमृत सिंह विष्ट, सुर्खेत विरेन्द्रनगरका ४० वर्षीय रामबहादुर थापा, नवलपुर हुप्सेकोट गाउँपालिका-३ बस्ने २६ वर्षीया सविना लिम्बु, त्यही ठाउँका २ वर्षीय जोशन सारु मगर, नवलपुरका १८ वर्षीया गङ्गा ओली, सुर्खेत विरेन्द्रनगर-७, बस्ने ४२ वर्षीय मनकुमार थापा र महोत्तरी बर्दिवासका २३ वर्षीय रमेश यादव छन् । घाइते सबैको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएकाे छ ।


  •  
  •  
  •