नियम मिचेर मोटरसाइकल चलाउँदा चारको ज्यान गयो

259
  •  
  •  
  •  

accidentराजविराज, २१ चैत (ओएनएस) : नियम अनुसार एउटा मोटरसाइलमा दुई जना भन्दा बढी बस्न पाइदैन । तर सप्तरीमा नियम उल्लंघन गरेर एउटा मोटरसाइकलमा चारजना बस्दा ज्यान गुमाउनु परेको छ । रातीको समयमा मापसे गरेर राजमार्गमा मोटरसाइकल चलाइरहेका बेला रात्रीबस सँग ठोकिदा चार जनाको मृत्यु भएको हो ।

सिरहा र सप्तरी जिल्लाको सिमानामा पर्ने बलान पुलमा गएराती एक मोटरसाइकल रात्री बसमा ठोकिंदा ४ जनाको घटनास्थलमै ज्यान गएको हो । ना. ५ ख. ४९७३ नम्बरको चिनारी यातायातको बसमा स. ४ प. ९६८९ नम्बरको मोटरसाइकल विपरित दिशामा गएर ठोकिएपछि दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकलमा सवार सप्तरी दौलतपुर १ का अमन सिंह, सोही ठाउँका अभिनास सिंह, शोभितलाल महतो र शत्रुधन महतोको ज्यान गएको ईलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।

ज्यान गुमाएका चारै जनाले मदिरा र गाँजा सेवन गरेको प्रहरीको अनुमान छ । दुर्घटनाग्रस्त मोटरसाइकल, बस र बसका चालकलाई ईलाका प्रहरी कार्यालय लहानले नियन्त्रणमा लिएको छ । बसलाई प्रहरीले नियन्त्रणमा लिएपछि यात्रुहरु अलपत्र परेका छन् ।


  •  
  •  
  •