बस र ट्रक ठोक्किँदा २८ घाइते

168
  •  
  •  
  •  

चितवन, २६ जेठ (ओएनएस) : मुग्लिन मलेखु सडकखण्डअन्तर्गत चितवनको दारेचोक चुम्लिङटारमा सोमबारस बिहान बस र ट्रक ठोक्किएर भएको दुर्घटनामा २८ यात्रु घाइते भएका छन् । ती मध्ये ३ जनाको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।

पोखराबाट काठमाडाँै जाँदै गरेको ना४ख ६७८ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको ना४ख १००८ नम्बरको ट्रक एकआपसमा ठोक्किदा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाइते भएकाको अहिले चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेस भरतपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

 


  •  
  •  
  •