भारतमा रोकि राखेको बसमा ट्रक ठोक्किँदा ११ जनाको मृत्यु, २५ भन्दा बढी यात्रु घाइते

98
  •  
  •  
  •  

एजेन्सी । भारतको बाराबंकी रामसनेहीघाट कोतवाली क्षेत्रमा मंगलबार राति बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु भएको छ भने २५ भन्दा बढी यात्रु घाइते भएका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार लुधिनियाबाट यात्रु लिएर बिहार आउँदै गरेको डबल डेकर बस रामसनेहीघाट कोतवाली क्षेत्रमा दुर्घटनामा परेको हो। मंगलबार अबेर राति बिग्रिएपपछि बस अयोध्या राजमार्गमा राकेर राखिएको थियो। यसै क्रममा पछाडिबाट तीव्र गतिमा आएको ट्रक बसमा ठोक्किएको हो। रातिको समय भएकाले दुर्घटनाको केही समयपछि मात्रै प्रहरी र स्थानीय पुगेका थिए। ट्रक यति तीव्र गतिमा आएको थियो कि ठक्करपछि बसभित्र सुतेका यात्रु पनि सडकमा पछारिएका थिए।


  •  
  •  
  •