दैलेखमा जीप दुर्घटना, २ जनाको मृत्यु

100
  •  
  •  
  •  

प्रतिकात्मक तस्बिर

दैलेख । दैलेखको दुल्लु नगरपालिका– ३ स्यालमा जीप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । जुम्लाबाट सुर्खेततर्फ जादै गरेको बा २० च ७१५ नम्बरको जीप दुर्घटना भएको हो । दुर्घटनामा  जुम्ला गुठिचौर गाउँपालिका– ४ का ३८ वर्षीय जीप चालक रामहरि न्यौपाने र जीपमा सवार सोही ठाउँका २७ वर्षीया राज्यलक्ष्मी न्यौपाने मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । ब्रेक फेल भइ दुर्घटना भएको अनुमान गरिए पनि घटनाको अनुसन्धान भइरहेको प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

 

 


  •  
  •  
  •