मकवानपुरको कुलेखानी दुर्घटनामा मृत्यु हुने पाँच पुगे

148
  •  
  •  
  •  

मकवानपुर, ९ चैत । मकवानपुरको कुलेखानी गाबिस– ६ रातोमाटेमा हिजो भएको भारतीय कार दुर्घटनामा मृत्यू हुनेको संख्या पाँच पुगेको छ । दुर्घटनामा परी घटनास्थलमा नै दुई जनाको र बाँकी दुई जनाको अस्पतालमा उपचारको क्रममा मृत्यू भएको मकवानपुर प्रहरीले जानकारी दिनएको छ ।

घटनास्थलमा भारत झारखण्ड रा“ची बस्ने वर्È ६० का घनश्याम प्रसाद र सोही स्थान बस्ने ६३ वर्षिया देवयन्ती देवीको परिचय पत्र भेटिएकाले परिचयपत्र मृतको हुन सक्ने प्रहरीले जनाएको छ ।  कारमा सवार घाईते ५ जनालाई तत्काल उपचारको लागि काठमाण्डौ पठाईएकोमा घाईतेहरु मध्ये बयोधा अस्पताल बल्खुमा उपचारको क्रममा एकजना  र शिवज्योती अस्पताल बल्खुमा उपचारको क्रममा अरु दुई जनाको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रबक्ता एवम् प्रहरी नायब उपरिक्षक शिशु शर्माले जानकारी दिए ।

घाईतेहरु  २ जनाको हाल बयोधा अस्पताल बल्खु  काठमाण्डौमा उपचार भईरहेको प्रहरीले जनाएको छ । भारतीय राज्य झारखण्डको जेएच ०१ बीजी ७२०७ नम्बरको कार करिब दुई सय मिटर तल झर्दा दुर्घटना भएको हो ।


  •  
  •  
  •