भद्रकालीमा बस दुर्घटना, ४ जना घाइते

56
  •  
  •  
  •  

काठमाडौं । काठमाडौं भद्रकालीमा मिनिबस दुर्घटना हुँदा ४ जना घाइते भएका छन्। बसपार्कबाट चन्द्रगिरी जाँदै गरेको बा ३ ख ४४३७ नम्बरको बस दुर्घटना भएको हो । सिंहदरबार प्रहरीले वृतका अनुसार घाइतेको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।
घाइते हुनेमा २८ वर्षीया विमला वुढा, उनकी छोरी ६ वर्षीया रितु वुढा र २ वर्षीया रेजिना वुढा रहेका छन्। घाइतेमध्ये तीन जनाको अवस्था सामान्य रहेको छ भने बस चालक नुवाकोट घर भएका २४ वर्षीय अर्जुन तामाङको दाहिने हातखुट्टा नचलेको र अहिलेसम्म अचेत अवस्थामा रहेको प्रहरीले जनाएको छ।


  •  
  •  
  •