मस्र्याङ्दी नदीमा ट्रक खस्यो, चालक र सहचालक सकुशल

119
  •  
  •  
  •  


लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिका ४ जगतबाट मस्र्याङ्दी नदीमा मालवाहक ट्रक खसेको छ । सदरमुकाम बेसीशहरबाट मनाङतर्फ जाँदै गरेको ग १ ख ५१२४ नम्बरको ट्रक नदीमा खसेको हो ।
जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार सडकबाट करीब सात सय मिटर तल नदीको बीच भागमा खसेर अड्किएको उक्त ट्रकको केही भाग मात्रै देखिएको छ ।
अन्य भाग डुबेको तथा पूर्ण रुपमा क्षति भएको प्रहरीले जनाएको छ । ट्रकमा रहेको १९० बाकस बिस्कुट र पाँच टन चामलसमेत पूर्ण नष्ट भएको छ । ट्रकका चालक तथा सहचालक भने सकुशल रहेको र नाम खुल्न भने बाँकी रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घटनालगत्तै प्रहरी घटनास्थल पुगेको थियो । ट्रक भने तत्काल नदीबाट निकाल्न नसकिने अवस्थामा रहेको छ ।


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here