बैतडीमा जीप दुर्घटना हुँदा चालकको मृत्यु, तीन घाइते

1048
  •  
  •  
  •  

काठमाडौं । बैतडीमा बिहीबार बिहान जीप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।
धनगढीबाट छुटेको से १ ज ८४३ नम्बरको बलेरो जीप सुर्नया गाउँपालीका–७ आलुगैरामा दुर्घटना भएको हो ।

प्रतिकात्मक तस्बिर

चालक बझाङको बुङ्गल नगरपालिका –११ बस्ने २६ वर्षीय धनबहादुर बोहराको मृत्यु भएको हो।
बिहान भएको दुर्घटनामा ३ जना घाइते भएका छन्। बैतडीको पुर्चौडी नगरपालिका ४ का ३५ वर्षीय जनकराज भट्ट, ४० वर्षीय गंगादत्त भट्ट र बझाङको चिरबित्थडका २७ वर्षीय हरिश बोहरा घाइते छन्।

बोहरा बाहेकका २ जनाको अवस्था गम्भीर रहेको छ। उनीहरुलाई घटनास्थलबाट उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।


  •  
  •  
  •