गुल्मीमा जीप दुर्घटनाः पाँच जनाकै सनाखत (अपडेट)

347
  •  
  •  
  •  

गुल्मी । गुल्मीमा शुक्रबार बिहान भएको जीप दुर्घटना मृतक ५ जनाकै सनाखत भएकोछ । इस्मा गाउँपालिका वडा नम्वर चार हुलबाट सदरमुकाम तम्घासतर्फ आउँदै गरेको जीप दुर्घटना हुँदा जीपमा सवार १० जनामध्ये पाँच जनाको मृत्यु भएको हो । अन्य पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

लु १ ज ११६६ नम्वरको जिप अनियन्त्रित भई सडकबाट झण्डै ४ सय मिटर तल खसेको छ । दुर्घटनामा परी ईस्मा गाउँपालिका वडा नं ४ का ६५ वर्षीय डम्बर बहादुर धिताल, सोही ठाउँका ३३ वर्षीय चिव बहादुर दर्लामी, ३० वर्षीय बसन्द दर्लामी, ३३ वर्षीय धन बहादुर अछामी र मालिका गाउँपालिका ५ का ८० वर्षीया सुन्दरी थापाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी ईस्मा गाउँपालिका वडा नं ४ हुलका १९ वर्षीय फर्सुराम थापा, सोही ठाउँकी २८ वर्षीय सरस्वती दर्लामी, २६ वर्षीय कमल हिताङ, र चालक ईस्मा गाउँपालिका ७ सैयाका २४ वर्षीय बद्ध बस्नेत र अर्का एकजना पहिचान नभएका घाईते भएका छन् । घाईते फर्सुरामको अवस्था गम्भीर रहेको र अन्यको अवस्था सामान्य रहेको बताईएको छ । घाईतेमध्ये २ जनालाई थप उपचारका लागि जिल्ला अस्पताल तम्घास पठाईएको र अन्य सामान्य घाईतेको स्थानीय मेडिकलमा उपचार भईरहेको छ । जीप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


  •  
  •  
  •