त्रिशुली जीप दुर्घटनाः हराएकामध्ये दुई जनाको शव भेटियो(अपडेट)

79
  •  
  •  
  •  

काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिका ४ मा रहेको नाग्दी खोला नजिक त्रिशुली नदीमा जीप खस्दा बेपत्ता भएकामध्ये दुई जनाको शव फेला परेको छ ।

चालक सूर्य केसी र जमुना रोकाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । जमुना रोकाकी १५ वर्षकी छोरी जेनिशा रोकाको भने खोजी भैरहेको छ । जीपमा रहेका जमुनाका श्रीमान् मुकुन्द बहादुर रोका भने पौडी खेलेर बाँचेका छन् । मुकुन्दको अहिले पुरानो मेडिकल कलेजमा उपचार भैरहेको छ । उनी राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल युवक संघका केन्द्रीय उपाध्यक्ष हुन् । प्युठानबाट बिरामी जेनिशालाई लिएर काठमाडौं लागि छुटेको लु १ च ९७३१ नम्बरको पिकअप भ्यान त्रिशुली नदीमा खसेको हो । प्रहरीका अनुसार पिकअप भ्यान सडकबाट झण्डै ६० मिटर तल त्रिशूली नदीमा खसेको छ । छोरीको उपचारका लागि रोका दम्पत्ती काठमाडौं आउँदै थिए । बेपताको खोजीमा गोताखोरसहितको सुरक्षाकर्मी टोली परिचालन गरिएको छ ।

 

 


  •  
  •  
  •