बैतडीमा जीप दुर्घटना हुँदा पाँचको मृत्यु, चार जना घाइते

78
  •  
  •  
  •  

काठमाडौं । बैतडीमा जीप दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ । झुलाघाँटबाट सदरमुकाम गोठालापानी आउँदै गरेको ना १ ज २१९६ को जीप दुर्घटना भएका हो । दुर्घटनामा पाँच जनाकै घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

मृत्यु हुनेमा दशरथचन्द नगरपालिका ७ का पार्वती चन्द तथा अर्की पारवती चन्द, दनपा ४ भगीरथ पाण्डे, दनपा २ कृष्ण लावड र सुर्नयाँ ४का कलावती चन्द रहेको प्रहरीले जनाएको छ । सोही दुर्घटनामा रविन्द्र चन्द, खगेन्द्र जोशी, कृष्णानन्द भट्ट, प्रदिव लावड घाइते भएका छन् ।
उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताला बैतडी ल्याइएको छ । जीप सडकबाट करिब सय मिटर तल खसेको भने भने चालक फरार रहेको प्रहरीले जनाएको छ ।


  •  
  •  
  •