धादिङमा स्कर्पियो दुर्घटना, ५ जना घाइते, २ जनाको अवस्था गम्भीर

73
  •  
  •  
  •  

काठमाडौं । धादिङमा स्कर्पियो दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको छ। उनीहरुलाई थप उपचारका लागि हेलिकोप्टरमा काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ ।

मंगलबार विहान धादिङबाट काठमाडौं आउँदै गरेको बा १५ च ३५०४ नम्बरको स्कार्पियो नीलकण्ठ नगरपालिका ससाहमा करिब १०० मिटर तल खसेको थियो ।
दुर्घटनामा परि मुक्तिनाथ बिकास बैकका मेनेजर सुरेन्द्र श्रेष्ठसहित पाँच जना घाईते भएका हुन्।


  •  
  •  
  •