जिप दुर्घटनामा एकको मृत्यु, १० घाइते

58
  •  
  •  
  •  

म्याग्दी, जीप दुर्घटनामा परी शुक्रबार एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।

प्रतिकात्मक तस्बिर

दुर्घटनामा गम्भीर घाइते भएकी अन्नपूर्ण गाउँपालिका वडा नं. २ भुरुङकी अन्दाजी १० वर्षकी रिया विकको उपचारको क्रममा वेनी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बेनी नगरपालिका वडा नं. ८ जलेश्वरमा ग.१ ज ८९६ नम्वरको जिप शुक्रबार दिउँसो सडकबाट नदी किनारमा खसेको थियो ।

रघुगंगा गाउँपालिका वडा नं ६ ढाडाखानीबाट सदरमुकाम तर्फ आइरहेको जीप दुर्घटनामा परी १० यात्रु घाइते भएका छन् ।


  •  
  •  
  •