भीमफेदीमा सुमो दुर्घटना, दुईको मृत्यु, तीन जना गम्भीर घाइते

511
  •  
  •  
  •  

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका– गढीमा सुमो दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

प्रतिकात्मक तस्बिर

हेटौँडाबाट भीमफेदीतर्फ जाँदै गरेको ना १ ज ४१०६ नम्बरको सुमो आइतबार दिउँसो सडकबाट करिब डेढ सय मिटर तल खसेको हो । दुर्घटनामा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मृतकको हाल सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । उक्त दुर्घटनामा परी सुमो चालकसहित तीन जना गम्भीर घाइते भएका छन् । उनीहरुको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । उक्त सुमोमा चालकसहित आठ जना सवार थिए ।


  •  
  •  
  •