कार दुर्घटनामा तीन जनाको मृत्यु

99
  •  
  •  
  •  

बुटवल । भैरहवा परासी सडकखण्डमा कार दुर्घटनामा तीन जनाको ज्यान गएको छ । परासीबाट भैरहवातर्फ आउँदै गरेको कार शुक्रबार राति अनियन्त्रित भई दुर्घटना भएको हो ।

रुपन्देही रोहिणी गाउँपालिका वडा नम्बर ४ छिपागड स्थित हुलाकी सडक खण्डमा लु २ च ६७५६ नं.को कार दुर्घटनामा परेको प्रहरीले जनाएको छ। प्रदेश ५ ट्राफिक प्रहरी कार्यालयका अनुसार कार सडकबाट १० मिटर तल खसेको छ।

उक्त कारमा सवार ४ जना घाइतेहरूलाई उपचारको लागि भिम अस्पताल भैरहवा पठाएकोमा उपचारको क्रममा ३ जनाको मृत्यु भएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
मृत्यु हुने ३ जना मध्ये १ जनाको मात्र पहिचान खुलेको छ।

मृत्यु हुनेमा कारका चालक रुपन्देही ओमसतिया गाउँपालिका वडा नम्बर ४ बालापुरका २६ वर्षीय देवेन्द्र चौधरी रहेका छन् । घाइते हुनेमा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ का ३० वर्षीय अनिल यादव रहेका छन् ।


  •  
  •  
  •