बिहानै काठमाडौमा बस पल्टियो, एक जनाको मृत्यु

218
  •  
  •  
  •  

काठमाडौं २० माघ (ओएनएस) : काठमाडौंको भोटेबहालमा बिहानै बस पल्टिँदा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा ६ जना घाईते भएका छन् । बिहान कपनबाट कलंकीका लागि छुटेको बा १ ख ९६ ४१ नम्बरको बस तिब्र गतिका कारण अचानक ब्रैक लगउँदा पलि६एको थियो ।

बस पल्टिँदा गम्भीर घाईते भएका सहचालक लमजुङका कुशल गुरुङको उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।  घाइतेहरुको वीर अस्पतालमा नै उपचार भैरहेको छ ।


  •  
  •  
  •