बाँकेमा गाडी दुर्घटना, ११ जनाको मृत्यु, २२ घाइते

93
  •  
  •  
  •  

काठमाडौं । बाँकेको राप्ती सोनारी गाउँपालिका–२ ठुरिया जंगलमा गाडी दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ ।

बाँकेबाट सल्यान जाँदै गरेको गाडी मध्यराती भएको दुर्घटनामा अन्य २२ जना घाईते भएका छन् । घाईतेहरुको भेरी अञ्चल अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये चार–पाँच जनाको अवस्था गम्भीर रहेको छ ।

ना.५ छ ५९९५ नम्बरको फोर्स गाडी दुर्घटना भएकाे हाे । शवहरु भेरी अस्पतालमा राखिएको छ । मृतक सनाखत नभएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

घटनाको थप विवरण आउन बाँकी छ ।


  •  
  •  
  •