छुट्टा छुट्टै दुर्घटनामा तीजनाको मृत्यु

223
  •  
  •  
  •  

काठमाडौं १७ माघ (ओएनएस) : छुट्टा छुट्टै दुर्घटनामा तीजनाको मृत्यु भएको छ । महोत्तरी, दाङ र चितवनमा भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको हो । महोत्तरीको बर्दिबासमा मोटरसाईकल दुर्घटना हुँदा ४३ वर्षीया उर्मिला बारकोटीको मृत्यु भएको छ । बर्दिबास नगरपालीका ५ साबिकको गौरीबास ३ पाटुमा हिजो साँझ सिन्धुलीबाटबर्दिबासतर्फ आउदै गरेको ज ३ प २५१८ नम्बरको मोटरसाईकल आफैं अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकलमा रहेकी बर्दिबास बारकोटीको मृत्यु भएको हो ।

दाङमा जीपको ठक्करबाट दाङको देउखुरीमा पनि एक बालिकाको मृत्यु भएको छ भने अर्काएक जना महिला गम्भिर घाईते भएका छन् । पश्चिम बाट पुर्ब तर्फ जादै गरेको लु १ ज ४९३७ नम्बरको जिपले गएराति बाटो काट्ने क्रममा पुर्ब पश्चिम राजमार्ग अन्र्तगत पर्ने सतबरिया ७ जहरेखाला नजिक ठक्कर दिदा गम्भिर घाईते भएकी राजपुर ४ बस्ने बर्ष ३ की श्रृष्टि चौधरीको उपचारको क्रममा कोहलपुरमा मृत्यु भएको हो ।

चितवनको पिप्लेमा ट्याक्टर पल्टिंदा एकजनाको मृत्यु भएको छ । पिप्ले–६ स्थित सडकमा ना ३ त ८४६० नम्बरको ट्याक्टर पल्टिदा ट्याक्टरमा काम गर्ने पिप्ले–६ का २४ वर्षिय जीवन तामाङको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।


  •  
  •  
  •