धादिङमा ट्रक दुर्घटना हुँदा ६ जनाको मृत्यु

52
  •  
  •  
  •  

धादिङ । धादिङमा मिनि ट्रक दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ । दुर्घटनामा २५ जना भन्दा बढी घाइते भएका छन् ।

धादिङको निलकण्ठ नगरपालिका–८ मा भएको दुर्घटनामा परी घाइते मध्ये १५ जनालाई नेपाली सेनाको हेलिकोप्टर मार्फत काठमाडौं ल्याइएको छ । अन्य घाइतेको जिल्ला अस्पताल धादिङमै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

मंगलबार दिउँसो ४ बजेतिर सडकमै पल्टिँदा चार जनाको घटनास्थलमै र ३ जनाको धादिङ अस्पतालमा उपचारका क्रममा मृत्यृ भएको हो ।

धादिङको ज्वालामुखी गाउँपालिका–४ मा रहेको ढोला मण्डलीमाईको दर्शन गरेर फर्किएका दर्शनार्थी चढेको ग१ख ८०१२ नम्बरको मिनी ट्रक दुर्घटना भएको हो । मिनी ट्रकमा ढोला मण्डलीमाईको दर्शन गर्न गएका निलकण्ठ नगरपालिका–२ भुलभुलेका बासिन्दा चढेको प्रहरीले जनाएको छ ।


  •  
  •  
  •