मुगु । मुगुको उत्तरी सोरु गाउँपालिका वडा नम्बर ६ कुलाहामा जीप दुर्घटना हुँदा सात जना घाईते भएका छन् ।
सोरु गाउँपालिकाको केन्द्र सोरुकोटबाट सोही गाउँपालिका सिपतर्फ आउँदौ गरेको लु १ ज ३९५३ को जीप शुक्रबार दिउँसो १ बजे सडकबाट अन्दाजि ४५ मिटर तल खसेर दुर्घटना भएको हो ।
घाईते हुनेहरुमा सोरु गाउँपालिका गिलाहा गाउँकी दलना बम, बन्जाह गाउँका धर्मबहादुर मल्ल, लिब्रु गाउँकी कमला शाही, नुवाकोट गाउँकी दर्शना देबी शाही, राष्ट्रिय वाणिज्य बैंक सोरुकोट शाखाका लेखापाल तेजिन्द्र आचार्य, जुम्ला जिल्लाकी उशा भण्डारी र जीप चालक प्रकाश बश्याल रहेका छ ।
घाईतेहरुलाई घटना स्थलबाट ट्याक्टरमा राखेर प्राथमिक उपचारका लागि सिप गाउँमा रहेको स्वास्थ्य केन्द्रमा ल्याई उपचार भैरहेको अनमि सरिता शाहीले जानकारी दिइन् ।
घाईतेहरुको थप उपचारका लागि जिल्ला सदरमुकाम गमगढीबाट जिल्ला अस्पतालको एम्बुलेन्स पठाइएको प्रहरी नायव उपरीक्षक भुवनेश्वर साहले बताए ।
घाईतेमध्ये कमला शाही बाहेक अन्य ६ जनालाई गम्भीर चोट लागेको उपचारमा संलग्न स्वास्थ्यकर्मी शाहीले बताइन् ।
जीप दुर्घटना भएको स्थान मुगु जिल्ला सदरमुकाम गमगढीदेखि सवारी साधनमा ३ घण्टा सडक दुरीमा रहेको छ ।