सिन्धुपाल्चोक बस दुर्घटनामा १४ को मृत्यु, १८ घाइते

499
  •  
  •  
  •  

काठमाडौं । सिन्धुपाल्चोकको खाडीचौर–जिरी सडकखण्डअन्तर्गत सुनकोशी गाउँपालिका–७ को छ किलो भन्ने स्थानमा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १४ पुगेको छ ।

दुर्घटनामा अन्य १८ जना घाइते भएका छन् । दोलखाको कालिन्चोकबाट भक्तपुरतर्फ आउँदै गरेको बा.४ ख ४४६८ नम्बरको बस सडकबाट करिब ५ सय मिटर तल खसेको हो ।

दुर्घटनामा मृत्यु हुनेमा ८ महिला, तीन पुरुष, दुई बालक र एक बालिका रहेको प्रहरीले जनाएको छ ।
मृतकमध्ये दोलखा भिमेश्वर नगरपालिकाकी जुनु तामाङको मात्रै पहिचान खुलेको छ ।
घाइते भएकामध्ये १२ जनाको सिन्धुसदाबहार अस्पताल खाडीचौरमा उपचार भईरहेको र गम्भीर घाइते ६ जनालाई थप उपचारका लागि काठमाडौं पठाइएको छ ।

बस आइतबार बिहान करिव आठ बजेतिर दुर्घटना भएको हो ।  सिन्धुपाल्चोक प्रहरीका अनुसार बसमा करिब चालिस यात्रु रहेका थिए ।
भक्तपुरबाट शनिबार कालिञ्चोक भगवति दर्शनका लागि तिर्थयात्री बोकेर गएको बस फर्कदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।


  •  
  •  
  •