बागलुङ जीप दुर्घटनाः मृत्यु हुनेको संख्या १५ पुग्यो

508
  •  
  •  
  •  

बागलुङ । बागलुङको बडिगाड गाउँपालिका–७ भिमगिठेको घोकर्नामा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या १५ पुगेको छ ।

गुल्मीको इश्मा गाउँपालिकाबाट बागलुङको निसीखोला गाउँपालिकातर्फ जाँदै गरेको ग १ ज ५२१९ नं को जीप मध्यपहाडी लोकमार्गको बागलुङ बूर्तिवाङ सडक खण्डको छेउबाट करिब तीन सय मिटर तल बडिगाड खोलामा खसेको थियो ।

दुर्घटनामा बेपत्ता भएका इश्मा गाउँपालिका–४ का ६५ वर्षीय धनबहादुर कार्कीको मंगलबार मृत अवस्थामा शव भेटिएको छ । जीपमा १८ जना यात्रु सवार रहेकामा १४ जनाको घटनास्थलमै मृत्यु भएको थियो । अन्य घाइतको भने उपचार भइरहेको छ ।

 


  •  
  •  
  •