बागलुङ जीप दुर्घटना : मृतकमध्ये १२ को सनाखत(अपडेट)

391
  •  
  •  
  •  

काठमाडौं । बागलुङमा मंगलबार बिहान भएको जीप दुर्घटनामा मृतक १४ जना मध्ये १२ जनाको सनाखत भएको छ ।
गुल्मीबाट यात्रु बोकेर हिँडेको ग १ ज ५२१९ जीप दुर्घटना भएको हो ।

दुर्घटनामा मृत्यु हुनेमा गुल्मीको ईस्मा गाउँपालिका–४ का जीप चालक २५ वर्षका रेशम थापा, ४० वर्षका सीता कार्की, ६५ वर्षकी झवी कार्की, ४० वर्षका महेन्द्र कार्की, ४५ वर्षका भूमी कार्की र २५ वर्षकी मिना बस्नेत रहेका छन् ।

यस्तै ईस्मा गाउँपालिका वडा नम्बर ५ की ३० वर्षकी सूचना कार्की, ४० वर्षकी बसुन्धरा कार्की र वर्ष २२÷२३ की माया थापाको पनि मृत्यु भएको छ ।

यस्तै नवलपरासीको बर्दघाट नगरपालिका–२ की ६० वर्षे मुमा कार्कीको पनि मृत्यु भएको छ । अर्का एक पुरुष र एक नाबालकको भने परिचय नखुलेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

दुर्घटनामा एकजना हराइरहेका छन् भने तीन जना घाइतेको उपचार भइरहेको छ । कुलपुजाका लागि गुल्मीबाट जीप रिजर्व गरेर गइरहको परिकार दुर्घटनामा परेको हो ।

 


  •  
  •  
  •