अर्घाखाँची बस दुर्घटनाः मृत्यु हुनेको संख्या १८ पुग्यो(अपडेट)

41
  •  
  •  
  •  

रुपन्देही । अर्घाखाँचीको सन्धिखर्कबाट बुटबल जाँदै गरेको लु २ ख २१४८ नम्बरको बस नरपानी बजार नजिकैको घुम्तीमा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या १८ पुगेको छ ।

दुर्घटनामा १३ जना घाइते भएका छन् । सन्धिखर्कबाट बुटवलका लागि दिउँसो १ः३० बजे छुटेकोे बस दुर्घटना भएको हो ।

दुर्घटनामा १७ जनाको घटनास्थलमा र एक जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । मृत्यु हुनेमा ११ पुरुष र सात महिला रहेका छन् ।

दुर्घटनामा घाइतेमध्ये ११ जनालाई उपचारका लागि प्रादेशिक अस्पताल बुटबल र दुई जनालाई जिल्ला अस्पताल सन्धिखर्क पठाइएको प्रहरीले जनाएको छ ।


  •  
  •  
  •