अर्घाखाँची बस दुर्घटना : १० जनाको मृत्यु, ७ गम्भीर(अपडेट)

50
  •  
  •  
  •  

रुपन्देही । अर्घाखाँचीको सन्धिखर्कबाट बुटबल जाँदै गरेको लु २ ख २१४८ नम्वरको बस नरपानी बजार नजिकैको घुम्तीमा दुर्घटना हुँदा १० जनाको घटनास्थलमै मृत्यु भएको छ । घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी तथा स्थानीयले उद्धार गरिरहेका छन् ।

अहिले सम्म १० जनाको घटनास्थलमै मृत्यु भएको शसस्त्र प्रहरी बलका प्रहरी नायव उपरिक्षक माधब रेग्मीले जानकारी दिए । घटनाको घाइते सात जनालाई उपचारका लागि बुटबल पठाइएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरिक्षक तथा सुचना अधिकारी प्रकाश खत्रीले जानकारी दिए । घाइतेको उद्धार जारी रहेको छ ।


  •  
  •  
  •