ट्रक पल्टिँदा दुई जनाको ज्यान गयो

188
  •  
  •  
  •  

चितवन – चितवनमा ट्रक पल्टिँदा दुई जनाले ज्यान गुमाएका छन् भने एक जना घाइते भएका छन् ।

शुक्रबार बिहान साढे ६ बजेतिर सर्लाहीबाट इँट्टा लिएर काठमाण्डौका लागि छुटेको ना ७ ख ५७६५ नम्बरको ट्रक तुम्लिङटारमा दुर्घटना भएको हो ।

ट्रक पल्टिँदा सर्लाहीका १९ वर्षीय सह–चालक बालकिशोर यादवको ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । अर्का एक जना पुरुषको भने पहिचान खुलेको छैन ।

घाइते भएका चालक सर्लाहीका २४ वर्षका दीपेन्द्र शाहको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भैरहेको छ प्रहरीले जनाएको छ ।


  •  
  •  
  •