सुर्खेत बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १८ पुग्यो

254
  •  
  •  
  •  

सुर्खेत, २२ मंसिर (ओएनएस) :  सुर्खैतमा भएको दुर्घटनामा १८ जनाको मृत्यु भएको छ । हिजो साँझ भएको दुर्घटनामा आज बिहानसम्म मृत्यु हुनेको संख्या १८ पुगेको हो । मध्यपश्चिम यातायातको ना ४ ख ६८५७ नम्बरको बस हिजो बेलुका सुर्खेतको पोखरी डाँडास्थित भीरबाट खसेको थियो । दुर्घटनामा हिजो १३ जनाको मृत्यु भएको थियो ।

दुर्घटनामा घाइते भएका करिब ५० जनाको क्षेत्रीय अस्पताल वीरेन्द्रनगर तथा केहीलाई उपचारका लागि नेपालगञ्ज पुर्याइएको छ । बिरामी सबैका आफन्त आइ नपुगेकाले उपचारका क्रममा केही कठिनाइ भएको जनाइएको छ ।  अझै मृतकको संख्या बढ्न सक्ने प्रहरीले जनाएको छ ।

कालिकोटबाट  कैलालीको टिकापुरका लागि छुटेको ना ४ ख ६८५७ नम्बरको बसमा ५६ जना रहेको कालिकोटका निमित्त प्रहरी प्रमुख कर्णबहादुर चन्दले जनाएका छन् ।बसमा धेरै जसो यात्रु कालिकोट र बाजुराको रहेको र उनीहरू मजदुरीको लागि भारत जाँदै गरेको प्रहरीले जनाएको छ ।


  •  
  •  
  •