सिनामंगलमा सवारी दुर्घटना, १७ यात्रु घाइते

566
  •  
  •  
  •  

काठमाडौँ— राजधानी उपत्यकाको सिनामंगलमा सवारी दुर्घटना हुँदा १७ यात्रु घाइते भएका छन् ।

मंगलबार बिहान गौशालाबाट कोटेश्वर जाँदै गरेको बा५ख ५१०० नंको माइक्रोबस र कोटेश्वरबाट गौशाला जाँदै गरेको बा१ज ९७६६ नंको बस एकापसमा ठोक्किँदा १७ यात्रु घाइते भएका हुन् ।

घाइतेमध्ये दुई गम्भीर रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक रविराज पौडेलले जानकारी दिए। घाइतेको काठमाडौँ मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइते हुनेमा १३ पुरुष र चार महिला छन् । दुवै सवारीसाधनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको महाशाखाले जनाएको छ ।


  •  
  •  
  •