रड बोकेको साइकलमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

195
  •  
  •  
  •  

काठमाडौं । काठमाडौंको बिजुलीबजारमा रड बोकेको साइकलमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

बिहीबार बिहान ४ बजेतिर तीव्र गतिमा रहेको बा ४१ प ५३६ नम्बरको मोटरसाइकल रड बोकेको साइकलमा पछाडिबाट ठोक्किँएको हो ।

दुर्घटनामा ललितपुरका ३७ वर्षीय अमरराज ताम्राकारको मृत्यु भएको छ । उनको बानेश्वरको एभ्रेष्ट अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल पछाडी सवार काभ्रे पलाञ्चोककी रितु लामाको राष्ट्रिय ट्रमा सेन्टर भद्रकालीमा उपचार भैरहेको छ । दुर्घटनापछि फरार साइकल चालकको खोजी भैरहेको प्रहरीले जनाएको छ ।


  •  
  •  
  •