जीप दुर्घटनामा ८ जना गम्भीर घाइते

219
  •  
  •  
  •  

रुकुम, ३० वैशाख(ओएनएस) : रुकुममा जीप दुर्घटना हुँदा ८ जना गम्भीर घाइते भएका छन् ।

आठबिसकोट नगरपालिका ८ दाजे भन्ने स्थानबाट नगरपालिका ९ रारी बजार तर्फ आउँदै गरेको लु १ ज ६०४० नम्बरको जीप दुर्घटना भएको हो ।

नगरपालिका ८ साउने खोला स्थित मोडमा एक्कासि जिप दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ८ जना गम्भिर घाईतेमध्ये ५ जनालाई थप उपचारको लागि नेपालगन्ज रिफर गरिएको छ भने तीन जनाएको नगर अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम)का प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए ।


  •  
  •  
  •