ललितपुरमा भ्यानको ठक्करबाट साइकलयात्रीको मृत्यु

138
  •  
  •  
  •  

काठमाडौं, २७ वैशाख(ओएनएस) : ललितपुरको एकान्तकुनामा भ्यानको ठक्करबाट साइकलयात्रीको मृत्यु भ्र्रएको छ ।

दुर्घटनामा एकजना पैदलयात्री घाइते भएका छन् । बा २१ च १३३३ नम्बरको भ्यानले ठक्कर दिँदा साइकलमा सवार भारत घर भई काठमाडौंको कुलेश्वर बस्दै आएका ३५ वर्षीय अमरे आलमको मृत्यु भएको हो ।

घाइते भएका पैदलयात्रीको नेपाल मेडिसिटी अस्पताल नख्खुमा उपचार भइरहेको प्रहरीले जनाएको छ । पैदलयात्रुको परिचय खुलेको छैन । भ्यानका चालकलाई प्रहरीले पक्राउ गरेको छ ।


  •  
  •  
  •